भिखारी ठानेर शोरुमबाट गलहत्याएका थिए, लाखौं रुपैयाँ निकालेपछि चकित भए मानिसहरु
निकै पुरानो भनाई छ, ‘लुगाले कसैको औकात नाप्न सक्दैनँ’ । यो भनाई साँच्चै नै वास्तविक हो । केही समय अघि थाइल्याण्डमा एउटा यस्तो घटना घटित भएको छ, जसले यो वाक्य चरितार्थ गर्छ । एक व्यक्तिको लवाई देखेर शो रुमका मानिसहरुले उनलाई गलहत्याएका थिए । तर जब उनले आफ्नो पाकेटबाट लाखौं रकम निकाले तब देख्ने मानिसहरु जिल परे ।
सोसल साइट्मा यी व्यक्तिको कहानी निकै चर्चित भइरहेको छ । यद्यपी, उनीबारे धेरै जानकारी उपलब्ध छैन ।
थाइल्याण्डको पत्रिका, सनुकका अनुसार यी व्यक्ति थाइल्याण्डको सिंग बुरी क्षेत्रस्थित ‘Maxsingburibike’ नामक शोरुममा फाटेको लुगा लगाएर पुगेका थिए । सुरुमा उनले शोरुमलाई बाहिर बाटै नियाले र त्यसको केही बेरपछि भित्र गए । शोरुमका मानिसहरुले उनलाई भिकारी सोचे ।
तर जब उनले शोरुमका एक कर्मचारीसँग त्यहाँका मालिकबारे सोधे र हार्ले डेविडसन बाइक खरिद गर्ने कुरा गरे तब त्यहाँ उपस्थित सबैजना हाँस्न थाले । त्यहाँको सेल्यम्यानले उनलाई निकै बेरसम्म वास्तै गरेनन् ।
आफूलाई त्यहाँका कर्मचारीले निकाल्ने कोसिस गर्नैलाग्दा ती व्यक्तिले चिच्याउँदै शोरुमका मालिकलाई बोलाए र आफ्नो सबै कुरा बताए ।
कुराकानीको १० मिनेटपश्चात् मालिकले उनलाई हार्ले डेविडसन देखाए र त्यसको मूल्य ६ लाख भाट (अर्थात् १७ लाख रुपैयाँ) ।
बाइक छनोट गरेपछि ती व्यक्तिले तुरुन्त १७ लाख रुपैयाँ निकालेर बुझाए र बाइकलाई आफ्नो बनाए ।
यी व्यक्ति अचानक स्टोरका सेलिब्रिटी बने । मानिसहरुले उनलाई उनको नयाँ बाइकसँग तस्बिर खिचेर फेसबुकमा हाल्न थाले ।
सनुकले दाबी गरे अनुसार उक्त व्यक्तिका बहिनीले फेसबुकमा कमेन्ट लेख्दै उनीबारे जानकारी दिएकी छिन् । बहिनीलाई उद्धृत गर्दै सनुक बताउँछ, ‘उनी वास्तवमा धनी व्यक्ति होइनन् । उनी जति साधारण रुपमा शोरुममा प्रस्तुत भएका थिए, वास्तवमा उनको पहिचान त्यही नै हो । उनी एक मेहनती व्यक्ति हुन् जसले केही समयअघि मेकानिकको जागिरबाट अवकास पाए । उनको एउटै सपना थियो हार्ले डेविडसन किन्ने । वर्षौंसम्म जम्मा गरेको पैसाले उनले आफ्नो सपना किनेका हुन् ।’
केही समयपश्चात् उनी उक्त स्टोरमा बाइकलाई कस्टमाइजेसन गर्नका लागि पुनः शोरुम गएका छन् । बाइक किन्दा उनले आफ्नो पहिरनमा ध्यान दिएका थिएनन् भने यसपटक उनी शोरुममा बाइकरजस्तो भएर प्रवेश गरेका थिए, एक मुस्कान र मज्जाको चश्मासहित ।
संसारले तपाईंलाई जस्तोसुकै देखेपछि आफ्नो सपनालाई साकार तुल्याउन कहिल्यै अबेर हुँदैन भन्ने कुराको उनी ज्वलन्त उदाहरण हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण