पूर्वमन्त्री केसीलाई कारवाही माग
पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए।
पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको हो । सोलु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीविरुद्ध उजुरी दिएका हुन् ।
वैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावलीसमेत पारित नभएको अवस्थामा मनोमानी ढङ्गले यही भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको कारवाहीको माग गरिएको छ । निरन्तर पार्टी विपरीतका कार्य गरेको भन्दै कारवाहीका लागि माग गरिएको छ । पार्टीमा चरम गुटबन्दी भएका कारण सोलुखुम्बुमा काङ्ग्रेस कमजोर हुन पुगेको निवेदनमा उल्लेख गरिएको छ । सोलुखुम्बुमा विगतदेखिनै केसी र अर्का नेता आङ्गेलु शेर्पा पक्षबीच दुई धार भएर पार्टी सञ्चालन भइरहेको छ ।
केसी रामचन्द्र पौडेल पक्षधर र शेर्पा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् । एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टीभित्रको समस्या जस्ताको तस्तै रहेको काङ्ग्रेसकै जिल्ला तहका नेता कार्यकर्ताको भनाइ छ । जिल्ला सभापति विनोदबाबु बस्नेतले भने पार्टी विधान अनुसारनै चलिरहेको कही कसैले विधान र नियमावली विपरीत कार्य नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण