शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

८६९ हुरीपीडितलाई पाँच लाखका घर

बिहीबार, १९ भदौ २०७६, ०८ : ११
बिहीबार, १९ भदौ २०७६

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ  रहेको प्रतिवेदन पेस गरेको छ । 

सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन्। 

सरकारले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागजसहित हुरीपीडितलाई घर उपलब्ध गराएको हो । यो समाचार गोरखापत्रमा भउजप्रसाद यादव र शिवशंकर मिश्रले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप