डा.डीआरको ‘जुनेली उज्यालोमा’ सार्वजनिक
बिहीबार, १९ भदौ २०७६, १३ : ३७

काठमाडौं– गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । पत्रकार सुर्य चन्दको निर्देशन रहेको भिडियोमा राम बाबु र अपेक्षा खड्काको रोमान्स देख्न सकिन्छ ।
दीपक लिम्बु र शशी रावलको स्वर रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । भिडियो एलिसा कार्कीको कोरियोग्राफी र अखिल बास्कोटाको छायाँकनमा तयार भएको हो । गीत ६ विश्व रेकर्ड कायम गरेका गीतकार उपाध्यायले केही अघि एकसात ७ एल्बम सार्वजनिक गरेका थिए । भिडियो आएको यो गीत पनि ती एल्बम भित्रकै हो ।