प्रचार विभाग उपप्रमुखमा विश्वदीप
आइतबार, २२ भदौ २०७६, १६ : ४४
काठमाडौं । समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डेलाई चयन गरिएको छ ।
पार्टी कार्यालयमा आज बसेको पार्टीको पदाधिकारी बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको पार्टीले जनाएको छ ।
बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ ।
यसअघि पनि उनी डा.भट्टराईको स्वकीय सचिवको रुपमा काम गरेका थिए ।
पछिल्लो पार्टीको मुलधारको राजनीतिमा सक्रिय पाण्डेलाई मिडियामैत्री मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण