सरकार र दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न छाडे: केसी
मङ्गलबार, २४ भदौ २०७६, १४ : ४२
उदयपुर– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाएका छन् । प्रेस युनियन उदयपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य केसीले प्रमुख प्रतिपक्षसहितका दलसमेत राम्रोसँग चल्न नसक्दा लोकतन्त्र, सङ्घीयता र गणतन्त्र विरोधीले खेल्ने मौका पाउन थालेको बताए ।
नेता केसीले नेपाली काङ्ग्रेसभित्रको गुटबन्दी चौधौं महाधिवेशनपछि अन्त्य हुने दावी गर्दै गाउँका किसानको सेवा गरेर गरीब मजदूरको स्तर उठाउने गरी काङ्ग्रेस लाग्नुपर्ने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण