शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा विदेशबाट घर फर्कदै हुनुहुन्छ ? थाहा पाउनुस् भन्सार नतिरी कुन-कुन सामान ल्याउन पाइन्छ

शुक्रबार, १० असोज २०७६, १४ : ४२
शुक्रबार, १० असोज २०७६

काठमाडौं– दसैँ/तिहार मनाउन विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? घर फर्किँदा के–के समान लैजान पाइने र नपाइने हो भन्ने अन्योलमा हुनुहुन्छ भने सरकारले विदेशमा काम गरेर फर्किनेहरुका लागि विभिन्न वस्तुमा भन्सार नलाग्ने व्यवस्था गरेको छ । कतिपय समान ल्याउनै पाइँदैन भने केही समान भन्सार नतिरी ल्याउन पाइन्छ । कतिपय सामानको भन्सार तिर्नुपर्छ । त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले नै यस विषयमा जानकार हुनु राम्रो हो  ।

यसै विषयलाई मध्यनजर गर्दै रातोपाटीले वैदेशिक रोजगारबाट फर्कनेहरुको सहजता र जानकारीको लागि घर फर्कदा के—के सामान कति भन्सार मूल्य तिरेर ल्याउन पाइन्छ भन्ने विषय उल्लेख गरेको छ ।  दशैं नजिँकिँदै छ । उपत्यकामा भएका मानिस मात्र उपत्यका बाहिरिएर दशै मनाउन जाँदैनन्, यतिबेला विदेशमा भएकाहरु पनि दशैं मनाउन नेपाल फर्कने क्रम बढिरहेको छ । वैदेशिक रोजगार र अध्ययनका शिलशिलामा विदेश गएकाहरु धमाधम दशै मनाउन घर फर्किरहेका छन् ।

अहिले नीजि झिटीगुण्टा तथा भारी सम्बन्धी सुचना २०७३ अस्तित्वमा छ । लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान, ट्याबलेट वा ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक–एक थान ल्याएमा भन्सार महसुल लाग्दैन ।

बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थान (जस्तैः डाक्टरका लागि ब्लडप्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबलाजस्ता सामानहरु)  ल्याउन पाइन्छ । यसमा कुनै शुल्क लाग्दैन तर यो भन्दा बढी ल्याए शुल्क लाग्छ । 

सात किलोग्रामसम्म खाद्य परिकार, मदिरा एक बोतल मात्र (एक लिटरको) ल्याउँदा भन्सार महसुल लाग्दैन ।  यो भन्दा बढी ल्याए भन्सार शुल्क लाग्छ ।  ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याएको खण्डमा भने इन्चअनुसार भन्सार लाग्ने व्यवस्था झिटिगुन्टामा छ । एकभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन नपाइने व्यवस्था सरकारको छ ।

छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ । ६ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पन्ध्र हजार रुपैयाँसम्म, एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा पच्चिस हजार रुपैयाँसम्म,  सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (४) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ । 

चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ । यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सक्नेछ । 

सुनका गरगहनामा के छ ?

सुनका गहना ल्याउँदा ५० ग्रामसम्मको भन्सार शुल्क तिर्नुपर्दैन । ५० देखि सय ग्रामसम्मको प्रति १० ग्रामको पाँचहजार दुई सय, ५० देखि एकसय ग्रामसम्मको प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ, एकसय ५० देखि दुई सय ग्रामसम्मको प्रति १० ग्राम सातहजार दुई सय तथा दुई सयदेखि दुई सय ५० ग्रामसम्मको प्रति १० ग्राम नौ हजार दुई सय रुपैयाँ भन्सार तिर्नुपर्छ । चाँदीको हकमा १ सय ग्राम चाँदी ल्याएमा भन्सार तिर्नुपदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप