शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सी र सभापति देउवाबीच ‘वान टु वान’ वार्ता

शनिबार, २५ असोज २०७६, २० : ०२
शनिबार, २५ असोज २०७६

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङ र  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

राष्ट्रपति सीले र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि होटल सोल्टीमा सभापति देउवासँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन् । राष्ट्रपति सीसामु सभापति देउवाले नेपाली उत्पादनहरू शुन्य भन्सार दरमा निर्यात गर्ने वातावरण का लागि आग्रह गर्ने छायाँ सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।

 ‘पहिलो कुरा मित्रता हो । दुई देशबीचको मित्रता उचाईमा पुरर्याउन हाम्रो प्रत्यन रहनेछ  नै । अर्को कुरा नेपाली उत्पादनहरुको शुन्य भन्सार दरमा निर्यात गर्ने वातावरणको कुरा हो,’ उनले भने ।

उनका अनुसार सीको भ्रमणमा सडक सञ्जाल विस्तार काँग्रेसले प्रमुख प्राथमिकताका रुपमा लिएको छ । नेपालको वर्तमान विकासको प्राथमिकता क्षेत्रकोमा साहेताका लागि अनुरोध गर्ने छ ।               

देउवासँग भेटवार्ता गरेपछि सी राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।                           

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप