सुडानमा देशव्यापी युद्धबिरामको घोषणा
बुधबार, २९ असोज २०७६, २३ : १४
एजेन्सी-सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ ।
सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गरेका हुन् ।
“सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धबिरामको घोषणा गरिएको हो,” परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ ।
उनको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि नै लागू भएको छ । दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धबिरामको घोषणा भएको हो ।
सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ । Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?