शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी प्रभावित इलाकामा हेल्प नेपालको सहयोग

बुधबार, ०७ भदौ २०७४, १२ : २४
बुधबार, ०७ भदौ २०७४

काठमाडौं –सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले बाढी पीडितको लागि राहत वितरण गरेको छ । 
हेल्प नेपालले सप्तरीको राजविराजस्थित एक स्थानीय सामाजिक संस्था धर्मी हल्फा महिला विकास केन्द्रको सहकार्यमा जिल्लाका विभिन्न स्थानहरुका बाढी पीडितहरुलाई खाद्यान्न, म्याट्रेस, ओढन र ओछ्याउनसमेत मिल्ने तन्ना, सफाइका सामग्री, बाल्टीन, जग, पानी शुद्ध पार्ने औषधि तथा प्राथमिक उपचारका लागि आवश्यक औषधिहरु राहत सामग्री स्वरुप पीडितहरुलाई उपलब्ध गराएको हो । 
संस्थाले  झापा, मोरङ, सुनसरी,  सप्तरी, रौतहट, बारा तथा नवलपरासीका विभिन्न स्थानमा पनि बाढी प्रभावितहरुका लागि राहत सामग्री पठाएको जनाएको छ ।
हेल्प नेपालकी सचिव घिमिरेले झापा, मोरङ, सुनसरी र सप्तरीका ६ वटा स्थानमा हेल्थ क्याम्प पनि संचालन गरेको बताईन् । 
हेल्प नेपालका विपद्  व्यवस्थापन संयोजक रवि मानन्धरले बाढी प्रभावित क्षेत्रमा करिब १५ सय बढी परिवारका लागि खाद्यान्न लगायतका सामग्री उपलब्ध गराएको र त्यहाँ अझै माग रहेकोले त्यसको व्यवस्थापनमा आफूहरु लागेको बताए । 
हेल्प नेपालले हालसम्म पीडितहरुका लागि जिल्लाका स्थानीय सहयोगी संस्थाहरुको सहयोगमा करिब २४ लाख बराबरको खाद्यान्न, लत्ताकपडा, सफाइ सामग्री र औषधि वितरण गरिसकेको नेटवर्कका कोषाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप