तेहरानमा हमास र हिज्बुल्लाहका प्रतिनिधिमण्डलसँग अराघचीको भेटवार्ता
तेहरान । इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार तेहरानमा हमास र हिजबुल्लाहका प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
दुवै प्रतिनिधिमण्डल इरानका पूर्व सर्वाेच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन तेहरान आएका थिए । इरानी विदेश मन्त्रालयका अनुसार हमासको प्रतिनिधिमण्डलको नेतृत्व नेतृत्व परिषद्का प्रमुख मोहमद दर्विशले गरेका थिए । प्रतिनिधिमण्डलले खामेनीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाजा र पश्चिमी किनाराको पछिल्लो अवस्थाबारे विदेशमन्त्री अराघचीलाई जानकारी गराएको थियो ।
हमासले अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियालाई विनाशकारी भन्दै इजरायललाई जवाफदेही बनाउनुपर्ने माग गरेको थियो । साथै, दर्विशले प्यालेस्टाइनप्रति इरानले विगतदेखि गर्दै आएको समर्थनको प्रशंसा गर्दै हालको द्वन्द्वका क्रममा इरानले सैन्य तथा कूटनीतिक क्षेत्रमा उपलब्धि हासिल गरेको दाबी गरेका थिए । त्यसैगरी, अराघचीले हिज्बुल्लाहको प्रतिनिधिमण्डलसँग पनि भेट गरेका थिए। उक्त टोलीको नेतृत्व वरिष्ठ राजनीतिक अधिकारी तथा पूर्व लेबनानी सांसद मुहम्मद फ्नेइशले गरेका थिए । उनले हिज्बुल्लाहका महासचिव नइम कासिमको तर्फबाट समवेदना व्यक्त गरेका थिए ।
फ्नेइशले हालै अमेरिका र इजरायलसँग भएको द्वन्द्वका क्रममा इरानको सैन्य तथा कूटनीतिक भूमिकाको प्रशंसा गर्नुका साथै लेबनानप्रति इरानले दिएको समर्थनको पनि सराहना गरेका थिए । जवाफमा विदेशमन्त्री अराघचीले दुवै प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै प्यालेस्टिनी राज्य स्थापनाप्रति इरानको समर्थन निरन्तर रहने दोहोर्याए । उनले हिज्बुल्लाहको प्रतिरोधको प्रशंसा गर्दै दिवंगत नेता हसन नसरल्लाहप्रति श्रद्धाञ्जली अर्पण गरे । अराघचीले युद्धविरामसम्बन्धी सहमतिअनुसार लेबनानमा युद्ध अन्त्य गर्ने प्रयासमा इरानले निरन्तर पहल गरिरहने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण