शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणका कारण दक्षिण कोरियामा पनि १ जनाको ज्यान गयो

बिहीबार, ०८ फागुन २०७६, २२ : ४४
बिहीबार, ०८ फागुन २०७६

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ ।  स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ । 

अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन् । उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ । 

उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो । दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्धारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप