प्रियंका चोपडाको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स, एक पोस्टको लिन्छिन् दुई करोड
बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका छन् । उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा पर्छिन् ।
चोपडाको बिहिबार इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका हुन् । र उनी एउटा पोस्ट गरेवापत लगभग २ करोड भारतीय रुपियाँ लिन्छिन् । जुन अमेरिकी डलर २,७१,००० हो ।
यो हप्ताको शुरुवातमा विराट कोहलीको इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका थिए । र यति फलोअर्स पुग्ने पहिलो भारतीय बनेका थिए । अहिले उनको ५०.२ मिलियन फलोअर्स छन् । विराट र प्रियंकापछि दीपिका पादुकोणको ४४.२ मिलियन फलोअर्स छन् ।
प्रियंका र विराट एकमात्र भारतीय हुन् जसले २०१९ मा इन्स्टाग्रामको रिच लिस्टमा आफ्नो स्थान बनाएका छन् । लिस्टबाट थाहा हुन्छ कि इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट उनी २७१,००० अमेरिकी डलर कमाउँछिन् । यो सँगै उनी लिस्टमा १९ औं स्थानमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा