बलिउडका ६ अभिनेत्री : जो फिल्म शुटिङको क्रममा गर्भवती भएका थिए
बलिउड फिल्मका स्टारहरु फिल्म र कामप्रति निकै समर्पित हुन्छन् । उनीहरु कामप्रति कुनै लापरबाही गर्दैनन् । हरेक कामलाई निकै मेहेनत र परिश्रमका साथ निभाउने गर्छन् ।
बलिउडमा शारीरिक रुपमा कमजोर हुँदाहुँदै पनि कामलाई निरन्तरता दिने अभिनेत्री पनि छन् । उनीहरुले आफू गर्भवती भएको जान्दाजान्दै पनि फिल्ममा काम गरेका थिए ।
काजोल
बलिउडकी सदाबहार अभिनेत्री हुन् काजोल । उनी आफ्नो कामप्रति पनि निकै गम्भीर छिन् । उनले गर्भवती भएकै समयमा फिल्मको शुटिङ गरेकी थिइन् । उनी सन् २०१० मा ‘वी आर फेमिली’ को शुटिङमा गर्भवती थिइन् । फिल्म सकिएपछि उनले छोरा युगलाई जन्म दिएकी थिइन् ।
जुही चावला
बलिउड अभिनेत्री जुही चावलाले फिल्ममा निभाउने भूमिका र अभिनयका कारण उनी लोकप्रिय छिन् । उनले ‘झंकार बीट्स’ मा गर्भवती हुँदाहुँदै काम गरेकी थिइन् । उनी अहिले दुई बच्चाकी आमा बनेकी छिन् ।
जया बच्चन
आफ्नो समयकी चर्चित नायिका जया बच्चनले गर्भवती हुँदाहुँदै पनि फिल्मको शुटिङ गरेकी थिइन् । उनले ‘शोले’ को शुटिङमा अभिताभसँग विवाह गरिसकेकी थिइन् । र फिल्मको शुटिङकै क्रममा उनी गर्भवती भएकी थिइन् । फिल्म सकिएपछि उनले श्वेतालाई जन्म दिइन् ।
श्रीदेवी
सन् १९९७ मा फिल्म ‘जुदाई’ को शुटिङको क्रममा श्रीदेवी शुटिङ गर्भवती भएकी थिइन् । उनले उक्त फिल्म खेल्दा प्रोड्युसर बोनी कपूरसँग विवाह गरेकी थिइन् । फिल्मपछि उनले जान्हवीलाई जन्म दिइन् ।
हेमा मालिनी
हेमा मालिनी ‘रजिया सुल्तान’ को शुटिङको क्रममा गर्भवती भएकी थिइन् । उनले फिल्मपछि ईशा देओललाई जन्म दिइन् ।
करीना कपूर खान
बलिउडकी सुन्दर अभिनेत्री करीना कपूर फिल्म ‘वीरे दी वेडिङ’ को क्रममा गर्भवती भएकी थिइन् । फिल्मको केही महिनापछि नै उनले तैमुरलाई जन्म दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित