अफगानिस्तानमा तालिवानको आक्रमण, १९ सुरक्षाकर्मीको मृत्यु
सोमबार, १७ चैत २०७६, १४ : २५
एजेन्सी । अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र यसबाट ४ जनाको मृत्युको हुनुको साथै १२० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
विश्वभरी कोरोना भाइरसको सङ्क्रमणको महामारी चलिरहेको यस अवस्थामा अमेरिका र अफगानिस्तानबीच चलिरेहको शान्ति वार्ता पनि रोकिएको अवस्थामा नै रहेको छ । तर यस परिस्थितिमा पनि तालिबान आतङ्ककारी समूहको आक्रमण भने रोकिएको छैन् । अफगानिस्तानमा हाल पनि सुरक्षाबललाई लक्ष्यगरी हुने आक्रमण बारम्बार भइरहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !