शोक दिवसमा चिनियाँ डिजिटल प्रकाशन ब्ल्याक एन् ह्वाइट
एजेन्सी । शनिबार चीनका सरकारी डिजिटल प्रकाशनहरु ब्ल्याक एन हवाइट बनाइएका छन् । कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा सरकारले शनिबार शोक दिवस मनाउने घोषणा गरेपछि ग्लोबल टाइम्स, पिपुल्स डेल्ली, सिन्हा लगायतका सरकारी डिजिटल प्रकाशनहरु ब्ल्याक एन ह्वाइटका रुपमा प्रकाशित गरिएका हुन् ।
स्मृति दिवस मनाउने क्रममा स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म देशभर मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।
मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो । मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी