केन्द्रीय संस्करण
कोरोना कैरन – १६

यो राष्ट्रवाद प्रभुको, यो देश कसको ?

person explore access_timeबैशाख ३०, २०७७ chat_bubble_outline0

शासनको उच्चासनमा नेकपा डबलको ‘लाल’ सरकार, तल सडकमा राता प्लेटधारी वाहनहरुको लावालस्कर । म हिजो सुत्दा लकडाउन कायम थियो, बिहान उठ्दा हठात् यो के भयो ? त्यसैत्यसै छक्क पर्छु म । छापामार शैलीमा विना सूचना लागू गरिएको लकडाउन विना सूचना विसर्जन गरिएको पो हो कि ? कि सशक्त साहु कित्ताद्वारा यो पूरापूर तोडिएको हो ? अहिले मिरमिरे उज्यालो भएको छ । लकडाउनका आँखा छल्दै, भित्रभित्र डराउँदै घरहरुका बलेँसी मुनिमुनि प्रातः लमकतामा निस्केको छु म । उता चोकमा लकडाउनको रक्षार्थ दुई–चारजना प्रहरी बन्धु उपस्थित छन् । छाँटले लम्बेतान लकडाउनको धपेटीले ती थकित, गतिल र निस्तेज भएका छन् । तैतै यसो तिनलाई सोधूँ कि ? अहँ, मलाई डर लाग्छ । लकडाउनकालका तिनका पराक्रम हाउगुजी भएर मलाई तर्साउन आइलाग्छन् । त्यसैले त मलाई डर लाग्छ ! लकडाउनको बहानामा निरङ्कुशताप्रेमी सरकारले भयको माध्यमले नागरिकका मन–मस्तिष्कलाई गाँजेको छ । किन ? नागरिकको सातो लिन, उसको मनोबल मास्न, उसको नूर गिराउन, उसको अहंलाई निस्तेज तुल्याउन र उसलाई आफ्ना पैतालामुनि वशीभूत गर्न ।

रनभुल्ल म कसलाई सोधूँ ? सोध्नलाई आँखासामु कोही नभएर बिजुलीको लठ्ठामा बसिरहेको कागलाई सोध्छु म । अबाक् काग मैझैँ रनभुल्ल छ । यस्तैमा पत्रिका वाहक गाडी कुरिरहेका एक कवि झ्वाट्ट भेटिए । कवि उर्फ सिन्धुपाल्चोके, बाँडे गाउँले कवि ध्रुव । ‘नयाँ पत्रिका’का एक नित्य धावक, एक सदावहार योद्धा । सोधेँ—‘कविजी ! लकडाउनमा यी राता प्लेटधारी गाडीहरु किन, कसरी, कताका, कसका हुन् ?’ जानिफकार कवि उवाच— ‘सर, यी सरकारी ट्यापे, मुन्द्रे, झ्यापे, झ्याम्ले, घैँटे, पटके, चैते आदि इत्यादिका होलान् ।’ ‘हो र ? कसरी ?’ मेरा ओठबाट अनायासै प्रश्नका दुई तीर छुटे । ‘सर !’ कवि बाँडे गाउँलेले गुह्य कुराको पन्तुरो खोले, ‘नेकपा डबल एक भवसागर हो, सर । यसमा सर्प, बिच्छी,  झुसिल्किरो सब अटाका छन् । नपत्याए हेर्नोस् न राता प्लेट भिरेका कारहरुको त्यो लामबन्दी । यी सब सरकारी पासवाला हुन् ! यी सब सरकारी भुसतीघ्रे, सरकारी सुकुलगुण्डा, र परजीवी बाबु साहेब !’ धाराप्रवाह कविवाणी लामै जाने छाँट देखेर मैले ‘हउल्ट’ भने ।


सोधेँ—‘कविजी ! लकडाउनमा यी राता प्लेटधारी गाडीहरु किन, कसरी, कताका, कसका हुन् ?’ जानिफकार कवि उवाच— ‘सर, यी सरकारी ट्यापे, मुन्द्रे, झ्यापे, झ्याम्ले, घैँटे, पटके, चैते आदि इत्यादिका होलान् ।’ ‘हो र ? कसरी ?’ मेरा ओठबाट अनायासै प्रश्नका दुई तीर छुटे । ‘सर !’ कवि बाँडे गाउँलेले गुह्य कुराको पन्तुरो खोले, ‘नेकपा डबल एक भवसागर हो, सर । यसमा सर्प, बिच्छी,  झुसिल्किरो सब अटाका छन् । नपत्याए हेर्नोस् न राता प्लेट भिरेका कारहरुको त्यो लामबन्दी । यी सब सरकारी पासवाला हुन् ! यी सब सरकारी भुसतीघ्रे, सरकारी सुकुलगुण्डा, र परजीवी बाबु साहेब !’


कविजी पत्रिका वाहक गाडी चढेर वितरण अभियानमा हेलिए । म आफ्नै धूनमा लमक् पथमा लम्किएँ । अब मेरो तर्कनाको ताना अर्कोतिर मोडियो । लकडाउनको निषेध कालमा हुनेखाने जनलाई किन चाहियो सवारी पास ? बेकारमा किन, कहाँ जान तिनलाई चलाउनु पर्‍यो कार ? तिनका घरमा सङ्कटकालीन रासन–पानीको जोगाड दह्रै होला । कम्ता पनि तिनको एकाध महिना त सुतीसुती चल्ला । केही अपुग भए उदारमना भाटभटेनी सुपरमार्केट छँदैछ । कुरो पैसाको छ । पैसो भए आफूले धाउनु पर्दैन, रकमपारखी भाटभटेनीबाट जे पनि धाएर घरैमा आउँछ । एक खेपमा पाँच हजार रुपियाँको जिनिस किन्ने गच्छे हुनुपर्छ । बस्, चुट्कीका भरमा कृपाकारी भाटभटेनी खुरुखुरु घरैमा ! अनि यस्ता सौभाग्यशाली जनलाई किन चाहियो सवारी पास ? आखिर यिनले सडकमा निस्कने कष्ट गर्नुपर्‍यो नै किन ?

छाँटले नेकपा डकलको यो सरकार विभेदबर्द्धक सरकार हो । र हो यो, वर्गभेदक सरकार पनि । भन्नुमात्र हुँदैन, नाङ्गा आँखाले देखिने गरी हुनेखानेको सरकार हो यो । हुनेखानेको आफ्नो, गरिखानेको बिरानो । नामले सर्वहारावादी–जनवादी सरकार, कामले भतुवा पूँजीवादी–अगस्ती भोगवादी सरकार ।

माथिको लहडी खटनअनुसार सरकारी अड्डा र ब्याङ्कहरु लकडाउनमुक्त भए । खटनले साङ्केतिक भाषामा भन्यो— ‘गाडी हुने जागिर खान जाओ, गाडी नुहुने घरमै सुत ।’ ट्वीटे सौरभ ढकालका व्यङ्क्य–विनोदी वचनमा— ‘कार छैन, घरमा बस्नुस् । कार छ, काममा जानुस् । कारवादी सरकार जिन्दावाद !’ कार नहुनेप्रति सरकारको यो कृपा अपरम्पार छ । तर, तिनको तलब–भत्ताको नियतिचाहिँ के होला ? पछि दिनगन्ती गयलका हिसाबले तिनको तलब–भत्ता कट्टी होला शायद । कार हुने अड्डा सवार होओ, काम गर, तलब–भत्ता थाप, बाँच । काम नहुने घरैमा सुत, काम नगर, तलब–भत्ता–वञ्चित होओ, मर । सङ्कटकालको दुर्लभ रकम बचाउने सरकारको बुद्धि, जुक्ति, कौशल र दूरदर्शिता, अहो ! गरिब मरोस्, रकम बच्नुपर्छ । मान्छे मरोस्, बजार जिउनुपर्छ ।


माथिको लहडी खटनअनुसार सरकारी अड्डा र ब्याङ्कहरु लकडाउनमुक्त भए । खटनले साङ्केतिक भाषामा भन्यो— ‘गाडी हुने जागिर खान जाओ, गाडी नुहुने घरमै सुत ।’ ट्वीटे सौरभ ढकालका व्यङ्क्य–विनोदी वचनमा— ‘कार छैन, घरमा बस्नुस् । कार छ, काममा जानुस् । कारवादी सरकार जिन्दावाद !’ कार नहुनेप्रति सरकारको यो कृपा अपरम्पार छ । तर, तिनको तलब–भत्ताको नियतिचाहिँ के होला ?


 लकडाउनको उर्दीमा ‘अत्यावश्यक’ भन्ने एउटा शब्द छ । सन्दर्भमा यसको अर्थ छ— लकडाउनको आम नियममा अपवाद हुन्छ । यो अपवाद भन्छ— कोरोना आतङ्कको संकष्टमा प्राण धान्न लकडाउनले मानिसलाई निकास दिन्छ । कोही सिकिस्त भए, ऊ अस्पताल जान पाउँछ । कोही भोकले मर्ने दशामा भए, ऊ आपसी दूरी मिलाएर गरिखान पाउँछ । अपवाद भन्छ— सन्की सरकारले भनेको गर्ने भए वास्तवमा ट्याक्सी लकडाउनमुक्त हुनुपर्ने हो । मेरो छिमेकमा किड्नीका दुईजना बिरामी छन् । तिनले हप्तामा दुई पटक डाइलसिस गराउनुपर्छ । नगराए प्राण जान्छ, गराउन ती अस्पताल जाऊन् कसरी ? गरिबले गरिखाने ट्याक्सी मालिकको लकडाउनमा कैद छ । एम्बुलेन्स एक त भनेको बेलामा पाइँदैन । पाइहाले त्यसले ट्याक्सीले भन्दा दश दोब्बर रकम निचोर्छ । मेरो छिमेकमा दुईजना ट्याक्सी चालक छन् । डेराको बास छ । खाने मुख चा–चारओटा छन्, कमाउने ज्यान एउटा छ । लकडाउनमा ट्याक्सी जाम भयो, र खाने मुखको माम हराम भयो । यी निमुखा चालकले गुहार माग्ने कोसँग ? रुने कोसँग ? आफ्नो वर्गको सरकार छैन । जुन वर्गको सरकार छ, त्यसले आफूलाई मान्छे गन्दैन । सडकमा लकडाउनको रक्षार्थ घोचा बोकोका प्रहरीजन छन् । जो होचो छ, उसका मुखमा यिनको घोचो जाकिन्छ । यी ट्याक्सी चालक मुखमा घोचो जाकिने वर्गमा परेर अताल्लिएका छन् ।

लकडाउनजीवी सरकार धम्कीको लबजमा भन्ला— लकडाउनको अत्यावश्यक संहिताको पालना गर्नु–गराउनु परेन ? अघाएको धनी सरकारलाई भोको गरिब सोध्छ— ख्वामित्, कहाँ छ लकडाउन ? यहाँ त लकडाउनका नाममा खालि भाँडभैलो पो छ । तरकारी बजारमा, सडक पेटीमा, बाहन बिसौनीमा, बाटो काट्ने दोबाटोमा, सिमानामा, कथित क्वारेन्टाइनमा कहाँ भएको छ सुरक्षित दूरीको पालना ? सुरक्षाकर्मीको स्रेस्ता भन्छ— प्रति दिन बाहिरबाट चार–पाँच हजार मानिस चोरी चालले उपत्यकामा भित्रिँदै छन् । ती चढेका ट्रक वा बसमा कहाँ भएको छ दूरीको पालना ? तिनको पैदल यात्राको लर्कोमा कहाँ भएको छ दूरीको पालना ? कोराना नियन्त्रण गर्ने दूरीको पालना केवल बहाना हो, लकडाउन भ्रष्ट सरकारका लागि शायद अर्को षड्यन्त्रको मौका हो । कमरेड ओम्नीको अर्को संस्करणको मौका ! अर्को विधि विध्वंशक अध्यादेशको मौका ! अर्को निर्लज्ज अपहरणको मौका !

नेकपा डबल हुनेखानेको । ओली सरकार हुनेखानेको । लकडाउनको लाभ हुनेखानेको । यो देश कसको ? हुनेखानेको । खाडी मुलुकमा जो स्वदेश फर्काइने सरकारी साइतको व्यग्र प्रतिक्षामा छन्, तिनको देश छैन, तिनको सरकार छैन । मालिकहरुको सरकार भन्छ— तिमीहरु त्यतै बस । लेखान्तरमा भाग्य भए त्यतै बाँच, भाग्य नभए त्यति मर ! नेपाल–भारत सिमानामा गरिब श्रमिकरुका हृयदविदारक कथाको चाङ लागेको छ । कथा भन्छ— कतिपय श्रमिक भारतको क्वारेन्टाइबाट निकाला भई लखेटिए । तिनको बिल्लीबाठ भयो । ती अब जाऊन् कहाँ ?  खोई तिनको देश ? खोई तिनको सरकार ? खोई दुःखमा तिनको सहारा ?


नेकपा डबल हुनेखानेको । ओली सरकार हुनेखानेको । लकडाउनको लाभ हुनेखानेको । यो देश कसको ? हुनेखानेको । खाडी मुलुकमा जो स्वदेश फर्काइने सरकारी साइतको व्यग्र प्रतिक्षामा छन्, तिनको देश छैन, तिनको सरकार छैन । मालिकहरुको सरकार भन्छ— तिमीहरु त्यतै बस । लेखान्तरमा भाग्य भए त्यतै बाँच, भाग्य नभए त्यति मर ! नेपाल–भारत सिमानामा गरिब श्रमिकरुका हृयदविदारक कथाको चाङ लागेको छ । कथा भन्छ— कतिपय श्रमिक भारतको क्वारेन्टाइबाट निकाला भई लखेटिए । तिनको बिल्लीबाठ भयो । ती अब जाऊन् कहाँ ? आफन्त र देश सम्झेर, कुम्लाकुटुरा बोकेर ती बाटो लागे । तिनमा बालबालिका थिए, गर्भिणी नारी थिए, वृद्धवृद्धा थिए, रोगी थिए, अशक्त थिए । ती कति त बाटैमा भोक, प्यास र थकाइले मरे । जो सिमानामा आइपुगे, पारिका सीमारक्षकहरुले तिनलाई निर्घात कुटे । र, वारिका सीमारक्षकहरुले तिनलाई उतै लखेटे । खोई तिनको देश ? खोई तिनको सरकार ? खोई दुःखमा तिनको सहारा ? गरिब श्रमिकहरुको यो दारुण दशाले जेबी टुहुरेको एउटा गीत सम्झाउँछ— ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ । लाखौँको लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ ।’ विडम्बनावश, जेबी टुहुरे अहिले त्यही दल र त्यही सरकारको झोला बोकेर निहुरमुन्टी ‘न’ भई लुखुरलुखुर हिँडिरहेका छन, जो यी मुठ्ठीभरको स्वर्गको रक्षार्थ कटिबद्ध छन् ।

कोरानाकालीन लकडाउन त वर्गीय छँदैछ । समाज र  संस्कृतिका अन्य यावत् कुराझैँ विभेदकारी गोर्खाराजको राष्ट्रवाद पनि खसोखास वर्गीय छ । आखिर कालापानी–लिम्पियाधुरा–लिपुलेकको राष्ट्रवाद यसै त भन्छ । यो लहरा–छहरा–पहराको राष्ट्रवाद हो, गरिखाने मानिस, उसको संवेदना, उसको भावना, उसको संस्कृति, उसको स्वाभिमान र उसको प्रतिष्ठाको राष्ट्रवाद किमार्थ होइन । त्यसैले त तुफानी ट्वीटे डाक्टर रामेश भन्छन्— मौसमी राष्ट्रवादीहरुलाई ‘भारतभर र अझ आफ्नै सिमानामा भोकै–प्यासै बिचल्लीमा परेका नेपालीलाई आफ्नो देश फर्काउनेभन्दा कहिल्यै नफर्किने नाङ्गो डाँडो फर्काउने हतारो छ ।’


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.