शनिबारको मौसमको पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ ।
यसैगरी, शनिबार दिउँसो भने देशको पूर्वी भाग र मध्य पहाडी भागमा सामान्य बदली हुने, पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यस्तै, महाशाखाले दिउँसो नै पूर्वी भागका थोरै स्थान, मध्य तथा पश्चिमी पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
राति भने देशको पूर्वी भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, पूर्वी भागका थोरै स्थानहरु, मध्य र पश्चिमी पहाडी भागका एक/दुई स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?