बैतडीको क्वारेन्टिनमा बसेका एकको मृत्यु, भारतबाट आजै आएका थिए
बैतडी । बैतडीको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका वडा नं ६ कै ३१ बर्षीय पुरुषको शनिबार मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।
एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
ज्यान गुमाएका पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आएर क्वारेन्टिनमा बसेका थिए । उनीसंगै बेंगलोरबाट अरु १३ जना पनि आज बिहानै पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसीरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?