शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

११ नेपाली बोकेर अस्ट्रेलियाबाट नेपाल उड्यो जहाज

मङ्गलबार, २७ जेठ २०७७, १६ : ५७
मङ्गलबार, २७ जेठ २०७७

अस्ट्रेलिया । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियामा समस्यामा परेका ११ नेपालीलाई लिएर मंगलबार स्वदेश उडेको छ । 

कोरोनाको कारण समस्यामा परेकामध्ये गायिका सुनितामी परियार, क्यान्सरका बिरामी र प्रशिक्षणका लागि आएका केही सरकारी कर्मचारी गरी ११ यात्रु लिएर विमान नेपाल उडेका हो ।

अस्ट्रेलियाको लागि नेपाली राजदूत महेशराज दाहालले आजको उडानमा अति समस्यामा परेका मध्ये  थोरैमात्रै नेपाल गएको बताए । 

यसपटक केही प्राविधिक कारणले  क्यानबेरा आएको नेपाल एअरलाइन्सबाट  समस्यामा परेका अन्य नेपाली स्वदेश फर्काउन नसकिएको उनले बताए । 

 राजदूत दाहालले दिएको जानकारी अनुसार अरु  समस्यामा परेका नेपाली लिन छिट्टै अर्को जहाज आउने तयारी भैरहेको छ । 

 नेपाल सरकारले  विदेशमा समस्यामा परेका नागरिकलाई उद्धार गर्ने  निर्णय गरेअनुसार अबको दुई तीन हप्ताभित्र उद्दार हुने उनको भनाइ छ । 

त्यसका लागि क्यानबेरा नेपाली दूतावासमा करिब १३ सय नेपालीले  स्वदेश फर्कन भनी फाराम भरेको दूतावासका अधिकारी दुरपदा सापकोटाले जानकारीको भनाइ छ । 

नेपाल एयरलाइन्सको विमान सोमबार नेपालबाट करिब ३ सय यात्रु बोकेर अस्ट्रेलिया उडेको थियो भने साेही विमान ११ नेपाली बाेकेर स्वदेश फर्किएकाे हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता रसाइली विश्वकर्मा
सीता रसाइली विश्वकर्मा
लेखकबाट थप