पाकिस्तानका पूर्व क्रिकेट कप्तानलाई कोरोना सङ्क्रमण
एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उनले बताएका छन् । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५–वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् ।
उनले भने– ‘म गत बिहीबारदेखि अस्वस्थ बनेको छ । मेरो शरिरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।’ उनले भने– ‘सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारका लागि भगवानको आशिर्वाद बन्नेछ ।’
सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानका लागि विभिन्न खेलमा इतिहास रच्च सफल उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम रहेका छन् । अफ्रिदीले कोरोना भाइरसबाट प्रभावित पाकिस्तानी नागरिकका लागि वस्तीवस्तीमा पुगी सहयोग गर्दै आएका थिए ।
गतहप्ता उनले एएफपीसँग कुरा गर्दै भनेका थिए– ‘म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउँदा खुशी छु । मैले सहयोगका लागि समुदायमा जाँदा मास्क लगाउने र निसङ्क्रमित हुने आवश्यक सबै सावधानीलाई अपनाउने गरेको छु । यतिवेला विश्व मानवीय सहयोगका लागि कठिन अवस्था छ ।’ अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर