शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा विवाद : ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

बुधबार, १७ असार २०७७, ११ : ४२
बुधबार, १७ असार २०७७

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा वार्ता भएको छ । पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीच वार्ता भएको हो । 
स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच जारी संकट समाधानको पहलस्वरुप छलफल भएकाे एक नेताले जानकारी दिए । 

दुई अध्यक्षबीचको छलफलपछि मात्रै स्थायी समिति बैठक सुरु भएकाे थियो । 

गत आइतबार प्रधानमन्त्रीले भारतले आफू नेतृत्वको सरकार ढाल्न लागेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद बढेको छ । मंगलबारको बैठकमा प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको भन्दै अध्यक्ष र प्रधानमन्त्री पद छाड्न चेतावनी दिएका थिए । यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले पनि ओलीको राजीनामा मागेका थिए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप