चीन र जापानका विदेशमन्त्रीबीच फोनवार्ता
एजेन्सी । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उनीहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच शुक्रबार बिहान फोन सम्वाद भएको र उनीहरुले एकले अर्कोलाई बाढीका कारण भएको सो क्षतिप्रति दुःख व्यक्त पनि गर्नुभएको बताइएको छ ।
हालै चीन र जापानमा आएका बाढी र पहिरोमा परी जनधनको क्षति भएको थियो । उनीहरुले यसै विषयमा सो सन्देश आदान प्रदान गर्नुभएको चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ । सो वार्ताका क्रममा उनीहरुबीच अगामी दिनमा पनि निरन्तर रुपमा सम्पर्क र सम्वादमै रहने र यसमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
उनीहरुबीच हाल विश्वमा देखा परिरहेको कोरोनाको महामारी र यसले पारेको प्रभावका साथै दुई देशका आपसी हितका विभिन्न विषयमा कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा