शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण कुवेतमा ८ नेपालीको ज्यान गयो

बुधबार, २१ साउन २०७७, १७ : ५३
बुधबार, २१ साउन २०७७

कुवेत ।  कोरोना भाइरस (कोभिड–१९) का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो। 

त्यसमध्ये ८ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्य १ महिला र बाँकी ७ पुरुष रहेका छन् । कोरोनाको कारण मृत्यु भएका ८ जना सहित १३ जनाको शव कुवेतमै अन्त्येष्टि गरिएको नेपाली दूतावास कुवेतले जनाएको छ। शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो ।

यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन्। बाँकी १३ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको  नेपाली दूतावास कुवेतले जनाएको छ।जसमा ३ महिला र १० पुरुष छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप