बलात्कार मुद्दाका फरार पक्राउ
आइतबार, २५ साउन २०७७, १६ : ४८
काठमाडौं । बलात्कार मुद्दामा अदालतको फैसलापछि भागेका कैलाली गौरीगंगा नगरापलिका–३ का अर्जुन चौधरीलाई प्रहरीले पक्रेको छ । ०७२ भदौ १३ मा साँझपख ३ वर्षीया बालिकालाई उनले बलात्कार गरेका थिए । जिल्ला अदालत कैलालीले ०७३ जेठमा उनलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ९ बर्ष ३ महिना कैद र २५ हजार जरिवाना हुने फैसला गरेको छ ।
जबर्जस्ती करणी गरेको २ दिनपछि पक्राउ परेका चौधरी अदालतको सुरुवाती फैसलापछि धरौटीमा रिहा भए । अन्तिम फैसलामा अदालतले जेल सजायको निर्णय सुनाएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर हिक्मतबहादुर थापाले जानकारी दिए ।
राती घरमा सुतिरहेकी बालिकालाई उनले गौरीगंगा नगरपालिका–३ स्थित शिव नदीको किनारमा रहेको नर्सरी जंगलमा लगेर बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई प्रहरीले अर्धचेत अवस्थामा उद्दार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?