सहकर्मी नेपालीको हत्या आरोपित एक नेपाली पोर्चुगलमा पक्राउ
काठमाडौं–गत साता नेपालीको हत्या गर्ने एक नेपालीलाई पोर्चुगलमा पक्राउ गरिएको छ । पोर्चुगलको राजधानी लिस्वनमा एक चाईनिज कम्पनीमा कार्यरत सहकर्मीलाई हत्या गरि फरार अर्जुन सापकोटालाई पक्राउ गरिएको हो ।
पर्वत घर भई पाँच वर्ष देखि पोर्चुगलमा कार्यरत हरि बहादुर जिसीको हत्या गरि सापकोटा फरार भएका थिए ।
पोर्चुगल एनआरएनका निवर्तमान अध्यक्ष भिम केसी कमललाई अन्जु गजुरेलले दिएको स्रोतको आधारमा सापकोटा प्रक्राउ परेको बताइएको छ । केसीले पोर्चुगल प्रहरीलाई खबर गरि अर्जुन सापकोटा रहेको पोखरा रेष्टुरेन्टबाट पक्राउ गरिएकोे थियो ।
धादिङ्ग घर भएका सापकोटा पोर्चुगलमा १ वर्ष अगाडी पुगेका थिए । मृतक जिसी संगै नेपालीहरु कार्यरत चाईनिज रेष्टुरेन्टमा सापकोटा पनि कार्यरत थिए । मृतक जिसीका सहोदर भाई ओम बहादुर जिसीसंग भएको बिबादमा सापकोटाले जिसी दाजुभाईलाई आक्रमण गरेका थिए ।
कामको बिषयमा भएको आपसी बिबादले उग्र रुप लिएपछि सापकोटाले जिसीलाई चक्कु प्रहार गरि हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र