नारी दिवसमा २५ पठाओ महिला राइडर सम्मानित
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर कम्पनीले आफ्ना २५ उत्कृष्ट महिला राइडरहरुलाई सम्मान गरेको हो ।
पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला दिवसको अवसरमा राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरेर सम्मान गरिएको जानकारी दिइन् । सो अवसरमा महिला राइडरहरुले अनुभव समेत आदनप्रदान गरिएको उनले बताइन् । महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदी बहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन् ।
हाल झण्डै ७०–८० हजारको संख्यामा नेपालमा पठाओ राइडहरु रहेकोमा एक हजार छ सय जना महिला राइडरहरुरहेको कम्पनीले जनाएको छ । जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह