बजेटमा मतदाता प्रभावित पार्ने कार्यक्रम नराख्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको संयुक्त आग्रह

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरुले सरकारलाई बजेटमा मतदाता प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन् ।
बिहीबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सामूहिक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख दोलखबहादुर गुरुङले ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ वक्तव्यमा भनेका छन् ।
उनीहरुले यसबारे निर्वाचन आयोगले सम्बन्धित पक्षलाई समयमै सजग गराउन समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रबारे प्रश्न उठाउने समय भएको थिएन : नेतृ झाँक्री
-
श्यामलका तीन कविता
-
जुवातास खेलिरहेका होटल सञ्चालकसहित पाँच जना पक्राउ
-
कुवेत पठाइदिन्छु भन्दै ठगी
-
मधेशका ६४ वटै प्रदेश सभा क्षेत्रमा एकैपटक सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली
-
राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छ : प्रधानमन्त्री ओली