शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
निषेधाज्ञा

नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा घोषणा

शुक्रबार, १६ जेठ २०८२, १८ : ५१
शुक्रबार, १६ जेठ २०८२

सारांश

  • काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ।
  • जिल्ला प्रशासनले पाँच जनाभन्दा बढी व्यक्ति भेला भई विरोध प्रदर्शन गर्न रोक लगाएको छ।
  • निषेधाज्ञा शनिबारदेखि असार २४ गतेसम्म केशरमहल चोकदेखि जयनेपाल मोडसम्म लागु हुनेछ।

काठमाडौँ । काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ ।  

शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेका हुन् । 

शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

बिहीबारदेखि राजावादी प्रदर्शन सुरु भएसँगै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । राजावादीले बिहीबार शान्तिबाटिका र शनिबार माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । 

उनीहरूले नारायणहिटी क्षेत्रमा समेत प्रदर्शनको तयारी गरेका छन्। राजसंस्था पुनर्स्थापनाको माग पूरा नभएसम्म आन्दोलन जारी रहने राजावादीहरूले बताएका छन् ।

 

494574180_2687697651420170_1313421125330663940_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप