बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बैठकमा अनुपस्थित भएकोमा कटाक्ष गरे।
- मेयर शाहले फेसबुकमार्फत 'सरी केपी ओली' भन्दै भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताए।
- गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाहको अनुपस्थिति र ओलीको प्रतिक्रियाले दुई नेताबीचको सम्बन्धलाई फेरि उजागर गरेको छ।
काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ फर्काएका छन् ।
उनले फेसबुकबाट ‘सरी केपी ओली’ भन्दै आफू्ले भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’, उनले सोमबार साँझ फेसबुकमा भनेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।
बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए । ओली र शाहबीच लामो समयदेखि आरोप प्रत्यारोप हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण