राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छ : प्रधानमन्त्री ओली

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनता र राष्ट्रको हित बोक्ने 'झोले' भएकोमा गर्व रहेको बताए। उनले सही कुराको समर्थन गर्दा मानिसहरूले झोले भन्ने गरेको टिप्पणी गरे।
- ओलीले आफूले कुनै सामन्तको झोला नबोकेको र कसैको स्तुति गान नगरेको बताए। उनले आलोचनात्मक चेत भएका मानिसहरूले सही कुराको विरोध नगरेको भन्दै आलोचना गरे।
- ओलीले जनताको हित र राष्ट्रको गौरवका लागि झोला बोक्ने मान्छे भएको र यसमा गर्व रहेको बताए। उनले देशको अग्रगामी परिवर्तनको झण्डालाई माथि उठाउन आग्रह गरे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका छन् । शनिबार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताएका हुन् ।
उनले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताए । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘आलोचनात्मक चेत भएका मानिसहरू, सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरू तिनीहरूले तपाईँले सही आर्टिकल लेखे पनि तपाईं पनि झोले हुनु भएछ भन्दिन्छ । किनभने तपाईँले सहीको विरोध गर्नु भएन नि । भ्रष्टाचारीको विरोधमा उफ्रिए पनि हुने । भ्रष्टाचारीको विरोधमा नारा लगाए पनि हुने । भ्रष्टाचारीका विरोधमा आन्दोलन गरे पनि हुने । ढुंगा मुढा गरे पनि हुने । फालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लगाउन हुने । म त एउटा स्वतन्त्र मानव होइन, एउटा नागरिक सर्वोच्चता स्विकार्ने मान्छे होइन म । प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियत नामा गर्न लाज नहुने । ती झोले नहुने । सबै मानिस स्वतन्त्र छन्, २५ सय वर्षअघि प्लेटोले बुझेको कुरा, भनेको कुरा आज आएर नबुझ्ने पनि फेरि झोला नबोक्ने स्वतन्त्र मानव भई टोपल्ने त्यो भन्दा पराकाष्ठा के हुन्छ गुलामीको ?’
उनले भने, ‘त्यस कारण यी गुलामी मनोवृत्तिका, दास मनोवृत्तिका मान्छेहरूका तथाकथित निष्पक्षताका, आलोचनात्मक चेतका यस्ता कुराहरूका कुनै भ्रममा नपरौँ । सही कुरालाई समर्थन गर्दा झोले । मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताका झोला बोकेर हिँड्ने मान्छे हुँ, जनताका हित, राष्ट्रका इज्जत, हितहरूको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरव, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ । के भयो त झोले हुँदा । मैले कुनै सामन्तको झोला बोकेको छैन । कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न कुदेको छैन । इतिहासलाई बाङ्गोटिङ्गो पारेर मर्काएको छैन । हो त्यस्तो झोला । इतिहास नमर्काउने, नबङ्ग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई । म कबुल गर्छु, झोले हो । झोला बोकेर हिँड्या हो । यी झोला किन बनेका भन्या ? बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोला दलाली झोलाभरि हालेर बोक्छन् यिनीहरू । राम्रा कुरा बोकेर हिँडुन् त्यो झोलामा । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’
प्रधानमन्त्री ओलीले मेसिन खेलाएर अरूको चरित्र हत्या गरेर बुस्ट गरेका प्रतिक्रियाहरूको पछि नलाग्न आग्रह गरे । आफूलाई झोले भन्नेहरू देख्दा मानिस भए पनि मानव मेसिन भएको टिप्पणी गर्नुभयो । ढुक्क भएर देशको अग्रगामी परिवर्तनको झण्डालाई माथि उठाएर हिँड्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द
-
पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकप लिग २ : नेपालले स्कटल्याण्डको सामना गर्दै
-
सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल
-
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
-
संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता