मस्तिष्कघात
कांग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात, न्यूरो अस्पतालमा भर्ना
शुक्रबार, १६ जेठ २०८२, १९ : १६
४
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ । आज बिहान ९ बजे नै उनलाई अस्पताल पुर्याइएको बताइएको छ।
मानिसलाई इँट्टाभट्टामा ज्युउँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।
त्यसपछि नख्खु कारागारबाट रिहा भएका उनी मस्तिष्कघात भएसंगै काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका पारिवारिक स्रोतले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण