आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
मस्तिष्कघात

कांग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात, न्यूरो अस्पतालमा भर्ना

शुक्रबार, १६ जेठ २०८२, १९ : १६
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ । आज बिहान ९ बजे नै उनलाई अस्पताल पुर्‍याइएको बताइएको छ।

मानिसलाई इँट्टाभट्टामा ज्युउँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो । 

त्यसपछि नख्खु कारागारबाट रिहा भएका उनी मस्तिष्कघात भएसंगै काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका पारिवारिक स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप