फेवातालको सिमाना छुट्ट्याउन सुरु, मुख्यमन्त्रीले गाडे पोल
सारांश
- पोखराको फेवातालको सीमामा भौतिक पिलर गाड्ने कार्य सुरु भएको छ, जसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो पिलर गाडे।
- फेवातालको सीमाङ्कन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्भे प्रयोग गरिएको छ, जसले तालको क्षेत्रफल बढाएको छ।
- फेवातालको हाई फ्लड लेबल ७९४.९५ मिटर कायम गरिएको छ, जसले गर्दा तालको क्षेत्रफल १२ हजार ४६८ रोपनी पुगेको छ।
पोखरा । पोखराको फेवाताल सीमामा आजदेखि भौतिक रूपमा पिलर गाडिएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो पिलर गाडेर सीमा छुट्टाउने अभियान सुरु गरेका हुन् ।
सँगै पोखराका मेयर धनराज आचार्य र कास्कीका सिडिओ भरतमणि पाण्डेले पनि छुट्टाछुट्टै पोल गाडेका छन् । ‘फेवाताल जोगाउने कामको सुरुवात भयो,’ पोल गाडेपछि मुख्यमन्त्री पाण्डेले भने, ‘पहिलो पिलर एचएफएल (हाइ फ्लड लेबल) गाडियो ।’
तालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरेको हो ।
पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधार बिन्दुहरू कायम गरी ४० सेमी उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यो रिपोर्टले तालको क्षेत्रफल पनि बढाएको छ । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लड लेबल ७९४.९५ मिटर कायम गरिएको छ ।
उक्त बिन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम भएको छ । तालको चारैतिर १ हजार ५५ वटा डिजिटल पोल गाडिसकिएको र भौतिक पोल आजदेखि गाड्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण