प्रशासनको निषेधाज्ञापछि राजावादीको भोलिको प्रदर्शनस्थल परिवर्तन
शुक्रबार, १६ जेठ २०८२, २२ : ३२
सारांश
- काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि राजावादी समूहले प्रदर्शन स्थल परिवर्तन गरेको छ।
- समितिका संयोजकका अनुसार, दरबारमार्गको सट्टा अब प्रदर्शन रत्नपार्कमा हुनेछ।
- समितिले सरकारले नागरिकको मानव अधिकारमाथि कुठाराघात गरेको आरोप लगाएको छ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह 'संयुक्त जनआन्दोलन समिति'ले भोलिको पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेको छ। दरबारमार्गमा हुने भनिएको प्रदर्शन शान्ति बाटिका (रत्नपार्क) मा तय भएको समितिका संयोजक नवराज सुवेदीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।
उनले शनिबारदेखि नै लागू हुने गरेर सरकारले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा घोषणा गरेर नागरिकको मानव अधिकार र प्रजातान्त्रिक स्वतन्त्रतामाथि फेरि एकपटक कुठाराघात गरेको आरोप लगाए।
संयुक्त जनआन्दोलन समितिले वर्तमान व्यवस्था विरुद्ध बिहीबारदेखि आन्दोलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण