लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ’लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ को शुक्रबार उद्घाटन गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भगवान गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गरेका छन् ।
उनले शिक्षाहरू समतामूलक, सन्तुलित र न्यायपूर्ण आर्थिक संरचना निर्माणका लागि प्रेरणा स्रोत भएको बताए ।उनले लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिङ्गो प्रदेश घुमाउने बहु आयामिक योजना अघि सारेको जानकारी समेत दिए ।
उनले लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिने आत्मविश्वास रहेको उल्लेख्य गर्दै लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश ध्यान केन्द्रीय रहेको बताए सम्मेलनको उद्देश्य बौद्ध शिक्षाको प्रचारप्रसारसँगै लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति र आर्थिक विकासमा योगदान पुर्याउनु रहेको छ ।
बौद्ध धर्मका सिद्धान्तमा आधारित रही स्थायी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यका अवसरबारे सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञ, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण