रुपन्देहीमा प्राङ्गारिक मल कम्पनीको उद्घाटन

बुटवल । रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने बताए ।
रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ–नयाँ रोग देखिने, लुम्बिनी प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारण रहेको बताए ।
उनले सरकारले नीति तथा कार्यक्रममै प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने घोषणा गरेको उल्लेख गर्दै त्यसका लागि स्वदेशी प्राङ्गारिक मल उद्योगसँग सहकार्य गर्ने बताए ।
सुरुमा पहाडका ६ जिल्ला र क्रमशः तराईका ६ जिल्लालाई प्राङ्गारिक जिल्ला बनाउँदै सिङ्गो प्रदेशलाई अर्ग्यानिक सर्टिफाइड योजना रहेको बताए ।प्रदेशका हरेक पालिकामा प्राङ्गारिक मल प्रवर्द्धनका लागि कृषि ज्ञान केन्द्रलाई निर्देशन दिने प्रतिबद्धता पनि जनाए ।
भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोड रुपैयाँको लगानीमा रोहिणी गाउँपालिका–४ कोटहवामा ’ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.’ मार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको हो ।
प्रति दिन २ सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उक्त उद्योगले हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ । कार्यक्रममा पूर्व सांसद घनश्याम यादव, प्रमोद यादव, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या यादवलगायतले नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग लुम्बिनी प्रदेशमा सञ्चालनमा आउँदा किसानले अब मलको अभाव झेल्न नपर्ने बताएका थिए।
उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्ने र स्वदेशी प्राङ्गारिक मलको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
-
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता
-
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ