लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्र उद्घाटन

समाचार सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गरे।
- मुख्यमन्त्री आचार्यले रक्तदानको महत्वबारे प्रकाश पार्दै सबैलाई रक्तदान गर्न आह्वान गरे र प्रदेश सरकारले निःशुल्क रगत उपलब्ध गराउने प्रतिबद्धता जनाए।
- रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ७० लाख रुपैयाँको उपकरण सहयोग गरेको जानकारी दिइयो।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका छन् । शनिबार आचार्यले रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका हुन् ।
उनले बिरामीलाई नयाँ जीवन प्रदान गर्न ‘रक्तदान महादान’ भएकाले यस प्रकारको दानमा जोडिन सबैलाई आह्वान समेत गरेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्दै निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेकोले त्यसलाई फुकाउने गरी काम भइरहेको बताए ।
उनले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेको समेत बताए । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।
रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपक अधिकारीले १ करोड ७० लाख रुपैयाँ सङ्घको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरण खरिद गरेर अस्पताललाई प्रदान गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा
-
शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने
-
शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहन्छौँ : राधिका शाक्य
-
थुम्के साहित्य महोत्सव–२०८२ सम्पन्न