सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

गणतन्त्रबारे प्रश्न उठाउने समय भएको थिएन : नेतृ झाँक्री

शनिबार, १७ जेठ २०८२, १७ : ०१
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • नेकपा एस नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रबारे प्रश्न उठाउने समय नभएको बताइन्।
  • ललितपुरमा आयोजित कार्यक्रममा झाँक्रीले गणतन्त्रमा अभ्यास र प्रतिबद्धताका बारेमा प्रश्न उठ्नुको कारण खोजी गर्नुपर्ने बताइन्।
  • उनले गणतन्त्र ल्याउँदा गरिएका प्रतिबद्धताहरूमा बुझाइ एउटै नभएको र काम नगरेकोमा चिन्ता व्यक्त गरिन्।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रबारे प्रश्न उठाउने समय नभएको बताएकी छन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताएकी हुन् । उनले गणतन्त्र ल्याउँदा आफूहरूले गरेका प्रतिबद्धताका बारेमा बुझाइहरू एउटै नभएको पनि बताइन् । 

नेतृ झाँक्रीले भनिन्, ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिब १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिबद्धताका बारेमा हाम्रा बुझाइहरू एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्ने कुरा जिम्मेवारीबोध हामीले कम महसुस गर्‍यौँ की । तिलस्मी सपनाहरू बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ?’

नेतृ झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप