यसरी मनाइयो अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी जयन्ती
विजय थापा
अमेरिका – अमेरिकाको क्यालिफोर्नियामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाईएको छ ।लामो समयदेखि उक्त बर्क्ली क्षेत्रमा बसोबास गर्ने समाजसेवी बुद्धिजीवि तथा समाजका अगुवाहरुले २ सय ९६ औ पृथ्वी दिवस मनाएका छन् ।
उक्त एकता दिवसको दिनमा एक दर्जन जति बुद्धिजीवी महिला र पुरुष हरुले पृथ्वीनारायण शाहको एकिकरण तथा एकताको बारेमा बोलेका थिए । साथै सबै जसो वक्ताहरुले आफू बसेको ठाउँमा एकता देखाउँदै सामुदायिक भबनको चाडै निर्माण गर्नु पर्ने कुरामा सबैले जोड दिएका थिए ।
उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्वपर्यटन दूत अनिल पान्डेले उक्त सामुदायिक भबन बनाउनको लागि संचालित एक सय डलरको चिट्ठा को पहिलो टिकट बिसे नगर्चीलाई सम्झि किनेर शुरुवात गरेका थिए ।
नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेता पनि यो वर्ष सार्वजनिक बिदा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र