शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री खुश्बु खड्काले अभिनय अफर अस्वीकार गर्नुका दर्जन कारण

बिहीबार, १० फागुन २०७४, १५ : ५७
बिहीबार, १० फागुन २०७४

काठमाडौँ – केही समय भयो,  दर्शकले अभिनेत्री खुश्बु खड्काको चलचित्र हेर्न पाएका छैनन् । उनका धेरै चलचित्र प्रदर्शनको पर्खाइमा थुप्रिएर बसेका पनि होइनन् । उनले चलचित्र अभिनय नै कम गरेकाले पनि दर्शकले उनको चलचित्र हेर्न नपाएका हुन् । यो वर्ष मात्र अभिनयका कारणले उनले ३ अवार्ड हात परेकी छन् । ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योती’, ‘जुनी’लगायत चलचित्रमा राम्रो अभिनय कला देखाएर दर्शक रिझाउन सफल उनी अभिनय र नृत्यमा पनि पोख्त छिन् । कलाकारिताका लागि आवश्यक प्रशिक्षणसहित अभिनयमा होमिएकी खुश्बुलाई सुन्दर अनुहार र आकर्षक शरीरले पनि अभिनयका लागि साथ दिएको छ । त्यसो त म्युजिक भिडियो, विज्ञापन र चलचित्र अभिनय अफर अहिले पनि उनको हातमा थुप्रै परिहेका छन् । तर पनि उनले ती अभिनय अफर उनले स्वीकार्न सकिरहेकी छैनन् । अभिनेत्री खुस्बुले अभिनय अफर स्वीकार्न नसक्नुका पछाडि थुप्रै कारण रहेका छन् । तीमध्ये एक दर्जन कारण उनकै शब्दमा :

कथा
कथाको कारणले मैले धेरै चलचित्र अफर स्वीकार्न सकिनँ । समाजमा घटेका घटनाहरूलाई राम्रो तवरले कथामा उतारेको चलचित्र अभिनय गर्ने मेरो इच्छा थियो । तर काल्पनिक तवरले प्रस्तुत गरिएको, अरूको नक्कल गरेर तयार पारिएको, यथार्थभन्दा पनि कपोलकल्पित कथा भएका चलचित्र अफरहरू धेरै आए मलाई । ती सबै चलचित्र मैले छोडेँ । 

टिम
कतिपय चलचित्रको विषयवस्तु राम्रो लागे पनि निर्माण टिम मिल्दो नभएर चलचित्र छोडेकी छु । यस अगाडि चलचित्र राम्रो नबनाएको ब्यानर, कुनै पनि चलचित्र राम्रो नबनाएका निर्देशक र केही चलचित्र छायाङ्कनमा छोडेका निर्मातासमेत रहेको टिमबाट आएका अफरहरू मैले नकार्ने गरेकी छु । 

कलाकार युनिट 
कतिपय चलचित्र अभिनयका लागि छानिएका कलाकार चित्त बुझ्दो हँुदैन । अभिनयमा केही गर्न आएका भन्दा पनि दुई चार लाख लगानी गरेर हिरो बन्ने, अनुहार देखाउने रहरले कलाकारितामा लागेकाले भरिएको हुन्छ । यस्ता कलाकारले भरिएको चलचित्र अभिनय गर्नु भनेको सङ्ख्या मात्र थुपार्नु हो । यस्तो चलचित्रको व्यवसाय त परै जाहोस् । चर्चामा  रहन समेत मुस्किल पर्ने गर्दछ । 

बजेट
मैले धेरै चलचित्र बजेटका कारणले पनि छोडेकी छु । कतिपय चलचित्रले आफूलाई त चित्त बुझ्दो बजेट दिन्छन् । तर निर्माण बजेट भने थोरै राखेका हुन्छन् । दिन प्रतिदिन महँगो हँुदै गएको वर्तमान समयमा उनीहरूले छुट्याएको बजेटले चलचित्र आधा पनि पूरा हँुदैन । चलचित्र पूरा हुँदैन भन्दाभन्दै पनि त्यस्तो चलचित्र गर्नु उचित मैले ठानिनँ । अर्काे कुरा मलाई थोरै पैसा दिएर ड्रेससमेत म्यानेज गर्न लगाउने सोच भएका निर्माता निर्देशकको चलचित्र पनि मैले छोडेकी छु ।

निर्माता
चलचित्र बनाउने भनेको बजिनेस गर्नु हो । कुनै पनि बिजनेसमा कति लगानी गर्नुपर्छ, कतिको आम्दानी हुन्छ । कसरी लगानी गर्ने भन्ने कुरा लगानीकर्ताले राम्रारी बुझेको हुनुपर्छ । मलाई चलचित्रको अफर आएका केही निर्माता यस्ता कुराबाट परै रहेको पाएकी छु । अरूको भरमा लगानी गर्नेसमेत देखेकी छु । ती अपरिपक्क निर्माता रहेको चलचित्र पूरा हुँदैन भन्ने लागेर पनि अभिनय अफर रिजेक्ट गर्ने गरेकी छु । यस्ता निर्माताको चलचित्र अभिनय गरेर भोगेका केही अनभवले पनि मलाई सिकाएका छन् । 

हिरो 
आफ्नो अपोजिटमा देखिने कलाकार अर्थात् हिरो चित्त बुझ्दो नभएर पनि मैले केही चलचित्रको अफर छोडेकी छु । चलचित्रको नाम म अहिले यहाँ लिन सक्दिनँ । क्षेमता नभई लगानीका भरमा हिरो बन्ने, चलचित्र नबुझेका, निर्मातासँग नजिक भएका कारणले हिरो बन्ने अवसर मिलेका कलाकार आफ्नो अपोजिटमा छ भने त्यस्तो चलचित्र म कहिलै पनि अभिनय गर्दिनँ । हरेक मानिस काम गर्दै जाँदा राम्रो हुने हो । तर त्यो आस पनि नभएका हिरो रहेको चलचित्र म कहिलै पनि गर्दिनँ । यस्ता हिरोसँग अभिनय गर्दा आफैलाई घाटा हुन्छ । केही चलचित्रमा मैले भोगेकी पनि छु । हालै लगानीका हिरो भएका कारणले पनि एक चलचित्र छोडे ।

निर्देशक
नयाँ निर्देशक रहने कतिपय चलचित्र छोडेकी छु । कहिलै काम नगरेका, चलचित्र क्षेत्रभन्दा बाहिरबाट आएका, अध्यायन र अनुभवविहीन तर निर्मातालाई घुमाएर चलचित्रको तयारी गरिरहेका निर्देशकको मैले सीधै गर्दिन भन्दिने गरेकी छु । यस्ता चलचित्र किन पूरै हुदैनन् । छायाङ्कन हुँदाहुँदै बीचमा अड्किन्छन् कि प्रदर्शनमा आउँदैनन् । अर्काे कुरा पुराना निर्देशक भए पनि अहिलेसम्म राम्रो बनाउँछ भन्ने विश्वास नभएका निर्देशक रहेका चलचित्रका अफरबाट पनि म भाग्ने गरेकी छु । किनभने यस्ता निर्देशकले बनाउने चलचित्रको कथा, निर्माता र अन्य कलाकार राम्रो भए पनि चलचित्र राम्रो बनाउँछ भन्ने विश्वास नै हुँदैन । 

ब्यानरका
कुनै पनि ब्यानरले हिजोको दिनमा कस्तो चलचित्र बनायो । कसरी काम गरिरहेको छ । सुरुका दिनदेखि अहिलेसम्म यो ब्यानरले कसरी आफूलाई अपग्रेट गर्ने गरेको छ । ती सबै हेर्ने गरेकी छु । ब्यानरका कारण पनि चलचित्र राम्रो बन्ने नबन्ने अनुमान लगाउन सकिन्छ । चर्चा र व्यवसायका लागि पनि अहिले ब्यानर महत्वपूर्ण हुन थालेका छन् ।

प्रोडक्सन 
प्रोडक्सनका कारणले मैले केही चलचित्र छोडेकी छु । चलचित्रको कथाअनुसार लोकेसन मिलाउन नसक्ने, कलाकारलाई चाहिने प्रोपर्टी नजुटाइदिने, खाना, पानीदेखि हरेक सानो सानो कुरामा कम्प्रमाइज गर्ने प्रोडक्सन भएको युनिटमा चलचित्र राम्रो बन्छ भन्ने विश्वास गर्न सकिन्न । यस कारण पनि केही चलचित्र स्पोटमा गएर छोडेकी छुु ।

पब्लिसिटी
कतिपय चलचित्र बनाउने निर्माता निर्देशक कथा तयार गर्दादेखि नै प्रचार प्रसारमा ध्यान दिने गर्छन् । तर केही निर्माता निर्देशक प्रदर्शनको समयमा समेत चलचित्रको प्रचार प्रसार गर्न सक्दैनन् । जुन चलचित्रको प्रचार प्रसार हुँदैन । त्यो चलचित्र बनेको नबनेको, रिलिज भएको नभएको केही मतलभ हुँदैन । यस्ता चलचित्रका बारेमा कसैले पनि थाहा पाउँदैन । कलाकारका लागि भनेको चलचित्र अभिनय गर्नु मात्र मेजर कुरो होइन । प्रचार प्रसार पनि चाहिन्छ । 

लोकेसन
कतिपय चलचित्रको सुटिङ विदेशमा राखिन्छ । देशमै भए पनि कलाकारलाई सोधपुछ नगरी टाढाटाढा राखिन्छ । यस्ता लोकेसनमा चलचित्र छायाँकनका लागि भन्दा पनि जान र आउन धेरै समय छुट्याउनु पर्ने हुन्छ । आफ्नो स्वस्थ्य र परिवारिक समस्या र अर्काे चलचित्र छायाङ्कनको सेडुलका कारण पनि कतिपय चलचित्र छाड्नु परिरहेको हुन्छ । लोकेसनकै कारणले मैले पनि तीन चलचित्र छोडेकी छु ।

गलत नियत 
कतिपय निर्माता निर्देशकले चलचित्रका हिरोइनबाट यौन लगायत विभिन्न फाइदा लिने सोच राखेका हुन्छन् । हिरोइनसँग रमाइलो गर्न चलचित्र बनाएको हो । नत्र यति धेरै पैसा किन चलचित्रमा खनयाउनु पर्यो । अन्य ठाउँमा लगाए धेरै पैसा कमाउन सकिन्छ भन्ने जस्ता मनसायसमेत राख्ने गरेका छन् । यस्ता नियत भएका निर्माता निर्देशकको वास्तिविकता बाहिर आउने बितिकै मैले म त्यस्तो केटी होइन । यस्तो चरित्र बनाएर मलाई चलचित्र गर्नुछैन भनेर छोड्ने गरेकी छु । कतिपयले निर्माता निर्देशकको यस्ता स्वर्थ पूरा गर्न पनि चलचित्र अभिनय गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप