शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अवसर सदुपयोग नगरे वाम नेतृत्वको सरकार पनि जनताले ढालिदिन्छन्ः गौतम

सोमबार, १० वैशाख २०७५, १६ : १६
सोमबार, १० वैशाख २०७५

काठमाडौं–सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन् । सोमबार काठमाडौंमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले उक्त सुझाव दिएका हुन् ।

उपाध्यक्ष गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न नसके ५ वर्षपछि बाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए । उपाध्यक्ष गौतमले जनताको भरोसा हुनेगरी काम गर्ने अवसर वर्तमान सरकारलाई रहेको पनि स्मरण गराए ।  

जनताको आकर्षणको केन्द्र विन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए । उपाध्यक्ष गौतमले बाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्नेमा जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउने अवसर सदुपयोग नगरे ५ वर्षपछि पुनः काँग्रेसको शासन सूरु हुने पनि उनले प्रस्ट पारे । तस्विरः कृष्ण खड्का/रातोपाटी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप