महावीर पुनको ल्याबलाई बृज सिमेन्ट र पुष्पतारा केडियाको सहयोग
बुधबार, १२ वैशाख २०७५, १७ : ०३
काठमाडौं–महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्माण भइरहेको मेकर स्पेसलाई पुष्पतारा केडिया संस्था र बृज सिमेन्ट इन्डष्ट्रिजले सहयोग गर्ने भएको छ । यसका लागि पुष्पतारा एवम् बृज सिमेन्ट र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ ।
सम्झौता बमोजिम उनीहरुले निर्माणका लागि सिमेन्ट उपलब्ध गराउनेछन् । मेकर स्पेस किर्तिपुरमा निर्माण भइरहेको छ । यो आविष्कार केन्द्रले निर्माण गरिरहेको प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालय परिसर अन्तर्गत ६ हजार बर्गफिट क्षेत्रफलमा ल्याब बनिरहेको छ । यो करिब १ करोडको लागतमा बन्ने अनुमान छ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बृज सुपर प्रिमियम ओपिसीका ब्राण्ड एम्बास्डर पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र