मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

घरको छतमा बालिका बलात्कार गरेका तामाङ प्रहरी फन्दामा

बुधबार, १९ वैशाख २०७५, २० : ०२
बुधबार, १९ वैशाख २०७५

झापा । बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो । 

घटना विवरणअनुसार तामाङले आफ्नै घरको छतमा मंगलबार बालिकालाई बलात्कार गरेका हुन् । आज पीडितले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रनाउ गिरीले बताए । 

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप