चोरी गरेको आरोपमा एकजना पक्राउ
मङ्गलबार, २५ वैशाख २०८१, २१ : २८
काठमाडौँ । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एकनजालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको शंखरापुर नगरपालिका–१२ घर भएका ४० वर्षीय विनोद थापा मगर छन् ।
उनलाई चोरेको ल्यापटप, आइप्याड र मोबाइल सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
चैत ३ मा उनले कागेश्वरी मनोहरा–७ स्थित रूपक बस्नेतको घरमा र वैशाख २४ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित सृष्टि लामाको घरमा चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण