आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चोरी गरेको आरोपमा एकजना पक्राउ

मङ्गलबार, २५ वैशाख २०८१, २१ : २८
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एकनजालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको शंखरापुर नगरपालिका–१२ घर भएका ४० वर्षीय विनोद थापा मगर छन् । 

उनलाई चोरेको ल्यापटप, आइप्याड र मोबाइल सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

चैत ३ मा उनले कागेश्वरी मनोहरा–७ स्थित रूपक बस्नेतको घरमा र वैशाख २४ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित सृष्टि लामाको घरमा चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप