अमेरिका सपना देखाउँदै दिल्लीमा बन्धक बनाएर १ करोड १८ लाख ठगी
काठमाडौँ । ‘अमेरिका पठाउँछु’ भनेर फिलिपिन्स सम्म लगेको र दिल्लीमा बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएर ललितपुरको झम्सिखेल बस्ने तेज राम चौधरी छन् ।
४१ वर्षीय चौधरीलाई ललितपुर महानगरपालिका–७ झम्सिखेलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।
राम बहादुर ओली समेत ४ जनालाई चौधरीको समूहले ब्राजिलको श्रम भिसा लगाएर फिलिपन्स सम्म लगे । तर, फिलिपिन्सबाट अध्यागमनले फिर्ता पठाएपछि उनीहरू नेपाल फर्किए । पीडितहरूबाट आरोपीले १ करोड १८ लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीको समूहले पीडितहरूलाई पुनः भारतको नयाँ दिल्लीमा लगेर बन्धक बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बन्धक बनाउनेहरूले तेजराम चौधरीलाई रकम दिन आग्रह गरेपछि ३९ लाख दिएर मुक्त भएर नेपाल फर्केको पीडतहरुले प्रहरीसँग बताएका छन् । आरोपीको समूहले पीडितहरूलाई २०२४ को जनवरी १८ मा दिल्लीमा लगेका हुन् ।
आरोपीले महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र राम बहादुर ओलीबाट ४० लाख रकम असुलेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण