आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिका सपना देखाउँदै दिल्लीमा बन्धक बनाएर १ करोड १८ लाख ठगी

मङ्गलबार, २५ वैशाख २०८१, २१ : ४६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । ‘अमेरिका पठाउँछु’ भनेर फिलिपिन्स सम्म लगेको र दिल्लीमा बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएर ललितपुरको झम्सिखेल बस्ने तेज राम चौधरी छन् ।

४१ वर्षीय चौधरीलाई ललितपुर महानगरपालिका–७ झम्सिखेलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

राम बहादुर ओली समेत ४ जनालाई चौधरीको समूहले ब्राजिलको श्रम भिसा लगाएर फिलिपन्स सम्म लगे । तर, फिलिपिन्सबाट अध्यागमनले फिर्ता पठाएपछि उनीहरू नेपाल फर्किए । पीडितहरूबाट आरोपीले १ करोड १८ लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीको समूहले पीडितहरूलाई पुनः भारतको नयाँ दिल्लीमा लगेर बन्धक बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बन्धक बनाउनेहरूले तेजराम चौधरीलाई रकम दिन आग्रह गरेपछि ३९ लाख दिएर मुक्त भएर नेपाल फर्केको पीडतहरुले प्रहरीसँग बताएका छन् । आरोपीको समूहले पीडितहरूलाई २०२४ को जनवरी १८ मा दिल्लीमा लगेका हुन् ।

आरोपीले महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र राम बहादुर ओलीबाट ४० लाख रकम असुलेको भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप