सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा भारतीय ट्रकमा आगजनी

आइतबार, ३० वैशाख २०७५, ०६ : ०१
आइतबार, ३० वैशाख २०७५

धादिङ - धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । 

धादिङको धुनिबेशी-६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

आगो कसले लगायो भन्ने यकिन भएको छैन । विप्लव नेतृत्वको नेपाल कम्याुनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गाडी सडक छेउमा राकेर राखिएको थियो । प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।

माटो हालेर उक्त आगलागाी नियन्त्रणमा लिइएको छ । चार वटा जेसीबी प्रयोग गरेर माटो हालिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप