शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले टपलेस भएर नुहाउने विषयमा जनमत संग्रह

मङ्गलबार, २९ जेठ २०७५, ०९ : १५
मङ्गलबार, २९ जेठ २०७५

बीबीसी

बार्सिलोनामा स्विमिङ पुलमा महिलाले टपलेस भएर नुहाउने विषयमा यति विवाद बढ्यो कि यसमा भोट गर्नुपर्यो ।

र भोटको यो लडाईंमा टपलेस नुहाउने पक्षमा उभिएका महिलाको जीतसमेत भयो ।

भोट हाल्ने व्यवस्था क्याटेलोनियास्थित बार्सिलोना नजिकै एक गाउँमा मिलाइएको थियो । लामेतिया–डिल–भ्यालियास गाउँमा भएको यो मतदानमा ‘टपलेस नुहाउने’ पक्षमा ६१ प्रतिशत र विरोधमा ३९ प्रतिशत मानिसहरुले भोट गरे ।

महिलाद्वारा भोटिङको दबाब

स्थानिय केटेलन प्रशासनले उक्त मतदानको आयोजना गरेको थियो । यसको नतिजा कानूनी रुपमा १६द वर्षमाथिका महिलामा लागू हुनेछ ।

घटना गत वर्ष गर्मी महिनाको हो । दुई महिलाले एक पूलमा टपलेस भएर नुहाइरेहेका बेला त्यहाँका एक लाइफगार्डले पुलिसलाई यसबारे जानकारी दिए । त्यसपछि पुलिस त्यहाँ पुगेर ती दुई महिलालाई आफ्नो बिकिनी टप लगाउन आदेश दिएका थिए ।

उक्त घटनापछि पुलिस र प्रशासनविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरे । गाउँका पुरुष र महिलाको एक समूह यसको विरोधमा बिकिनी टप लगाएर पूलमा पुगे । त्यतिबेला देखि नै मानिसहरु यस्तो जनमत संग्रहका लागि दबाब दिइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप