अफगाननिस्तान सरकारको प्रस्ताव तालिवानद्वारा इन्कार
एजेन्सी– अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन नमानेको जनाइएको छ ।
उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । उनीहरुको युद्धविरामको समय आइतबार मध्यरातिसम्म रहेकोमा उनीहरुले उक्त समय लम्ब्याउन भने मानेनन् ।
अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका थिए ।
उनले यो समय बढाएर मङ्गलबारसम्म पुर्याएका हुन् । यसैमार्फत उनले युद्धविराम गर्न तालिवान लडाकूलाई पनि आग्रह पनि गरेका थिए ।
तर तालिबानले भने सरकारको यो आह्वानको बेवास्ता गरेका छन् । उनीहरुको संगठनको आधिकारिक वेभसाइटमा तालिबानका तर्फबाट भनी राखिएको प्रेस विज्ञप्तिमा युद्धविरामको समय नलम्ब्याइएको बताइएको छ ।
मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन सरकारले युद्धविराम घोषणा गरेको थियो । त्यसपछि उनीहरुलाई पनि युद्धविरामको घोषणा गर्न दवाव परेको थियो । तर अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो । यसअघि उनीहरुले यस पर्वमा कहिल्यै युद्धविराम गरेका थिएनन् ।
यसैबीच अफगान सरकारले युद्धविरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन् । साथै उनले तालिवानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए ।
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ ।
तर उनको सो आग्रह तालिबानहरुले भने नसुनेझैँ गरेका छन् । राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न महासचिव गुथ्रेसले दुवै पक्षलाई आग्रह पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !