डिएसपी सरुवा गरेको भन्दै मन्त्रीको पुत्ला दहन

रामभरोसि यादब
सिरहा– पदीय शक्ति दुरुपयोग गरेको भन्दै मिर्चैयाका नागरिक समाजले उद्योग बाणिज्य तथा आपुर्तिमन्त्रि मात्रिका प्रसाद यादबको पुत्ला दहन गरेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्का इमान्दार, स्वच्छ छविका भएपनि मन्त्रि यादबको आदेश नमान्दा पदिय शक्तिको दुरुपयोग गरी सरुवा गरेको भन्दै फिर्ताको माग गर्दै स्थानिय नागरिक समाजले सोमबार साझँ पुर्बपश्चिम लोकमार्ग स्थित मिर्चैया नगरपालिका ६ कटारी चौकमा मन्त्रि यादबको पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन् ।
मिर्चैया नगरपालिका ५ बाट निस्किएको बिरोध र्यालीमा “उद्योग मन्त्रि मात्रिका यादब मुर्दाबाद, स्वच्छ छबिका डिएसपी फिर्ता गर, युवा एकता जिन्दाबाद, नागरिक समाज एक होऊ” लगायतका नाराबाजी गर्दै थाना चौक हुँदै कटारी चौकमा पुगी पुर्ब पश्चिम लोकमार्ग करीब आधा घण्टा चक्काजाम गरी पुत्ला दहन गरेका छन् ।
मन्त्रि यादवको आदेश नमान्दा निजि स्वार्थका लागि पावर युज गरी डिएसपी खडकालाई सुरुवा गरेको नागरिक समाजको आरोप रहेका छन् । कोणसभामा बोलेका वक्ताहरुले डिएसपीको सरुवा फिर्ता नगरे थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन
-
बागमती प्रदेशसभा अधिवेशन आह्वान
-
आगामी बजेटमा सरकारका ७ सिद्धान्त, २५ प्राथमिकता
-
चैत महिनामा झनै घट्यो मूल्यवृद्धि, काठमाडौँको वृद्धिदर सबैभन्दा कम