अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारले गरेका कामबाट अपेक्षित नतिजा अझै आउन नसकेको बताएका छन् । यद्यपि निराश हुनुपर्ने अवस्था पनि नरहेको उनले बताए ।
आइतबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै कँडेलले सरकार आन्तरिक सुधारमा लागिरहेको बताए ।‘कतिपय कुराहरू बाहिर नदेखिने गरी आन्तरिक रूपमा काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले अपेक्षित रिजल्ट निस्किएको छैन, तर निराशै हुनुपर्ने अवस्था छैन भन्ने मलाई लाग्छ ।’
बजेट कार्यान्वयनमा सुधार ल्याउने कुरामा छलफल भइरहेको र अझै केही महिना बाँकी रहेको उनले बताए । साथै कँडेलले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा सुधार आउने दाबी गरे ।
अहिले योजना बैङ्कमा रहेर योजना छनोटको काम भइरहेको उल्लेख गर्दै भने, ‘जसरी अहिले हामीले काम गरिरहेका छौँ, त्यसले आगामी बजेटमा सुधारको सङ्केत गर्छ ।’
समस्याका बाबजुद सकारात्मक सन्देश नै दिन सकिएको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण